शमशेरमा गौरवको रागव लुक्स

काठमाडौं । फिल्म ‘शमशेर’मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनी अनुबन्धित भएसँगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टरमार्फत सार्वजनिक गरेको छ । फिल्ममा उनी ‘रागव’को भूमिकामा देखिदै छन् ।

फिल्ममा अर्का अभिनेता मनीष राउत ‘शमशेर’को भूमिकामा देखिने छन् । उनको एक्सन अवतारसमेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ । फिल्मको फस्टलुक हेर्दा दुई अभिनेताहरु बीचको लडाई फिल्ममा देखिने आकलन गर्न सकिन्छ । एक्सन जनरामा बन्न लागेको फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको हो ।

फिल्ममा अभिनेत्री भने फाइनल भैसकेको छैन । हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुनेछ ।

सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ ।