काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा फिल्म ‘मारुनी’, ‘छ माया छपक्कै’ र ‘साङ्लो’ले सर्वाधिक विधामा अवार्ड जिते । फिल्म ‘मारुनी’ले ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्दा फिल्मका लागि नवल नेपालले ‘निर्देशक’, अभिनेता पुष्प खड्काले ‘नायक’, छायाँकार सञ्जय लामाले ‘छायाँकार’, गायक कृष्ण काफ्लेले ‘गायन’ र लेखक गोविन्द फुँयालले ‘लेखन’ विधामा अवार्ड जिते ।
अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए । कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिता सिंखडा अवार्डको जुरी थिए ।
नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।
कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।
छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।
विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः
उत्कृष्ट पाश्व संगीतः एलिस कार्कीः साङ्लो
उत्कृष्ट ध्वनीमिश्रणः अमित श्रेष्ठः जात्रै जात्रा
उत्कृष्ट गीतकारः राजेन्द्र थापा – जुनको जुनेलीः छ माया छपक्कै
उत्कृष्ट पाश्र्व गायिकाः इतु जोजीजु – बिर्सन सकिनः मखमलीमखमली
उत्कृष्ट पाश्र्व गायकः कृष्ण काफ्ले – हाने मैले झटारोः मारुनी
उत्कृष्ट चलचित्रलोक संगीत संगीतकारः बसन्त थापा – जुनको जुनेलीः छ माया छपक्कै
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौः लभ डायरीज
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज – एम जी रोडैमाः हजार जुनीसम्म
उत्कृष्ट द्वन्द्व निर्देशकः श्री श्रेष्ठः साङलो
उत्कृष्ट हाँस्यकलाकारः केदार प्रसाद घिमिरेः छ माया छपक्कै
उत्कृष्ट खलपात्रः प्रकाश शाहः साङ्लो
उत्कृष्ट कथाः गोविन्द फूयांलः मारुनी
उत्कृष्ट पटकथाः आशुतोष राज श्रेष्ठः जाईरा
उत्कृष्ट सम्वादः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बाः कबड्डी कबड्डी कबड्डी
उत्कृष्ट नव–नायिकाः रुवीना थापाः लभ डायरीज
उत्कृष्ट नव–नायकः अंकीत शर्माः रातो टीका निधारमा
उत्कृष्ट नव–निर्देशकः विराज भट्टः साङ्लो
उत्कृष्ट चरित्र अभिनेत्रीः मिथिला शर्माः आमा
उत्कृष्ट चरित्र अभिनेताः माओत्से गुरुङः कबड्डी कबड्डी कबड्डी
उत्कृष्ट सह–अभिनेत्रीः स्वस्तीमा खड्काः हजार जुनीसम्म
उत्कृष्ट सह–अभिनेताः जीतु नेपालः छ माया छपक्कै
उत्कृष्ट छायाँकारः सञ्जय लामाः मारुनी
उत्कृष्ट सम्पादकः बिपिन मल्लः छ माया छपक्कै
उत्कृष्ट अभिनेत्रीः केकी अधिकारीः छ माया छपक्कै
उत्कृष्ट अभिनेताः पुष्प खड्काः मारुनी
उत्कृष्ट निर्देशकः नवल नेपालः मारुनी
उत्कृष्ट फिल्मः मारुनीः पुनम इन्टरटेनमेन्ट प्रा.लि.
प्रोत्साहन अवार्डः क्षितिज सुवेदीः वीर विक्रम २
साउण्ड एडिटरः किशोर आचार्यः सानो मन
भिएफएक्स आर्टिस्टः समिर मियाँः साङ्लो
वर्षको पपुलर गायिकाः मिलन नेवारः चरीले काफलः साङ्लो
निर्देशकः दीपेन्द्र लामाः छ माया छपक्कै
पपुलर फिल्मः छ माया छपक्कैः रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.्