सलोनको लाउन्च एण्ड बार सञ्चालनमा

काठमाडौं । नयाँबर्षको अवसरमा आजबाट ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि आसन लाउन्च एण्ड बार सञ्चालनमा आएको छ । करिब १ करोडभन्दा बढी लगानीमा आजबाट अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् ।

हरेक दिन लाइभ म्यूजिक हुनेछ बारमा सफिक हप ब्यान्डले गीत गाउने छन, ब्यान्डको‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ ।

बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।