चन्द्रको याक्थुङ हाङमा तरेमे

काठमाडौं । गायक चन्द्र अन्छङ्बोको नयाँ लिम्बु गीत ‘याक्थुङ हाङमा तरेमे’ सार्वजनिक भएको छ । गीतमा सोल्टी र सोल्टिनीको लिम्बुवान मायाप्रेमलाई देखाइएको छ । गीतमा गायक चन्द्रलाई गायिका संगीत आङबुहाङले स्वरमा साथ दिएकी छिन ।

बब्रिम शेर्माको शब्द र संगीत रहेको गीत दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए ।

युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोमा गायक चन्द्र, श्रीमती सुकु नाल्बो, छोरीहरु एञ्जुला, एलिसा अन्छङ्बो र पूर्णबहादुर अन्छङ्बोले साथ दिएका छन् । हङकङको सुन्दर ठाउँहरुमा खिचिएको भिडियोको छायांकन र सम्पादन मज्जाको राईले गरेका छन । भिडियोलाई गायक चन्द्र अन्छङ्बोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।