काठमाडौं । सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । राजधानीमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिसतर्फको शिर्ष उपाधि हात परेका हुन् । दुबैले ७ लाख बराबरको पुरस्कार राशी र विभिन्न पुरस्कार पाए । प्रतियोगितामा मानसकुमार राई र अदीति अधिकारी ‘फष्ट रनर अप’ घोषित हुँदा अनिश कार्की र एरि तुलाधर ‘सेकेन्ड रनर अप’ भए ।
सनुर्वी इन्टरनेशनलको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगीता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् ।
प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य, किशोर महर्जन रहेका थिए ।
सयबढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा आफुलाई निखार्ने काम गरेका थिए ।
इमेज टेलिभिजनबाट प्रसारण भएको विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहेको प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।