जिनियस म्युजिक अवार्डको मनोनयन

काठमाडौं । दोस्रो तथा तेस्रो ‘जिनियस म्युजिक अवार्ड २०७९’को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’भन्ने मुल नाराको साथ हुनलागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट ५ छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकले बताए । उनले कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको मनोनयनसमेत एकै पटक सार्वजनिक गरिएको बताए ।

अवार्डमा राष्ट्रिय, आधुनिक, पप, तथा लोक विधामा देशभरका कलाकर्मीहरुले सहभागिता जनाएका छन् । अवार्डमा ५० प्रतिशत भोट, ४० प्रतिशत जुरी समिति र बाँकी आयोजक टिमको मतलाई आधार मानेर विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र नेपाली कला संगीत क्षेत्रमा कलम चलाउने पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । अवार्ड आगामी असार २३ गते काठमाडौंमा हुँदैछ ।