यस्तो छ परदेशी हजुर

काठमाडौं । टेलिश्रृंखला ‘परदेशी हजुर’को पहिलो भाग सार्वजनिक भएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौं युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाका बीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यता यसमा देखाइएको छ ।

टेलिश्रृृंखलामा विक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय छ ।

राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला ५२ भागसम्म प्रसारणमा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द राजु बस्नेतको छ । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।