पुष्पाले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

मुम्बई(एजेन्सी) । साउथ स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिज पछि नै चर्चामा आयो । अब फ्यानहरु यो फिल्मको दोस्रो भाग ‘पुष्पाः द रुल’को व्यग्र प्रतिक्षामा छन् ।

भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थिएट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँ बढी मूल्यमा बिक्री हुन लागेको हो । यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म ‘आरआरआर’को ओभरसिज थिएट्रिकल राइट्स ७० करोड रुपैंयाँ हो ।

यो फिल्मको रिलिज बारे आधिकारिक सूचना बाहिर आएको छैन । तर फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने सुरसार छ ।