रमणको हामी जनतालाई धेरै गाह्रो छ

काठमाडौं । गायक रमण रेग्मीको स्वरमा रहेको गीत ‘हामी जनतालाई धेरै गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा रमणकै शब्द छ ।

गीतको भिडियोमा रमणसँगै सिर्जना पोखरेल र कमल रेग्मी फिचर्ड छन् । गायनसँगै समाजसेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि ‘घर त लगनखेल’, ‘खुल्ला जमिन’, ‘मेसो पा छैन’, ‘तिमीलाई भेटेदेखि’लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामयिक समस्या देखाइएको छ । गीतको म्युजिक भिडियोमा केशवराज भट्टको निर्देशन छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, सबिना कुवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको मेकअप छ ।

भिडियोमा इन्स्टा एजुकेशन एन्ड भिषा सर्भिस सहकार्य गरेको छ ।