काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’मा निर्देशक फाइनल भएका छन् । सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राई बीच लिखित सम्झौता भयो । सलोन बस्नेत स्टारर फिल्मलाई अब टेकले निर्देशन गर्नेछन् । निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र÷तस्विरहरु विश्वव्यापी रुपमा बिक्रि हुने गरेका छन् ।
माघ अन्तिम सातादेखि छायांकनमा जाने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।
एक्सन लभस्टोरी फिल्ममा सागर आले मगरले संगीत भर्नेछन् । सागर ’नेपाल आइडल – सिजन १’का थर्ड रनरअप हुन् ।
‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।
फिल्ममा राम्जी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन ।