युट्युबमा रुचाइँदै पंचायत

काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको फिल्म ‘पंचायत’ युट्युबमा सार्वजनिक गरे सगै दर्शकले मन पराएका छन् । फिल्म यति बेला युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ ।

फिल्म ‘पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनोटसमेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहरमा आयोजित ‘सनफ्रान्सिस्को फिल्म महोत्सव’ मा फिल्म ‘पंचायत’ले ‘विदेशी भाषाको उत्कृष्ट फिल्म’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएका थिए । फिल्मले विकास बोर्ड बिशेष फिल्मको पुरस्कृत बापत २ लाख रुपैंयासमेत पाएको थियो ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी,सुचित्रा उप्रेती,अश्विनी कोइराला ,प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

फिल्ममा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माता सुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । फिल्म पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् ।

फिल्मले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । फिल्मले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत रहेकाले गरिएको छ ।