मुस्ताङमा उदयको दुई कदम

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को मुस्ताङमा धमाधम छायांकन भइरहेको छ । चैत १६ गतेबाट छायांकन सुरु भएको फिल्म धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि खिचिनेछ ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको लगानी छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व तथा रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।