आँखामा गाजलमा कुन्साङसँग रोमान्टिक स्मिता

काठमाडौं । गायिका स्मिता दाहालले एक वर्षको अन्तरालमा नयाँ गीत ‘आँखामा गाजल’ल्याएकी छन् । गीतमा राजनराज शिवाकोटीको संगीत तथा शब्द छ । गायिका स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातिनी हुन् ।

देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता र मोडल कुन्साङ बम्जन फिचर्ड छन् ।

सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन ।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।’ ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरु हुन् ।