म्युजिक वेव सिरिजमा अदिती

काठमाडौं । पछिल्लो पटक नेपाली फिल्म ‘बाबरी’ मा अभिनय गरेकी अभिनेत्री अदिती बुढाथोकी यतिबेला भारतमा म्यूजिक भिडियोसँगै वेब सिरिजमा अभिनय गरिरहेकी छन् ।

अदिती अमेजन प्राइमबाट रिलिज हुने ‘म्युजिक वेव सिरिज सिजन १’मा प्रमुख भूमिकामा अभिनय गरिरहेकी छन् । नितिन गावडेको निर्देशन रहेको सिरिजमा अदितीले सिजन १ देखी सिजन ३ सम्म अभिनय गर्नेछिन् । वेव सिरिजको सिनेमाटोग्राफर बिनोद प्रधान रहेका छन् । अदिती अहिले यहि वेव सिरिजको सुटिङमा व्यस्त छिन् ।

यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तिव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल फिल्मको घोषणा गरेकी थिइन् ।

सो अनटाइटल फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए । अनटाइटल फिल्मको घोषणा पनि धीरज र अदितीकै क्रेजलाई लिएर गरिएको थियो ।