ढाक्रेको कथामा ए ढाक्रे दाई

काठमाडौं । करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरंजन कसजू (माइला) को निर्देशनमा बनेको फिल्म अगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुदैछ ।

कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा फिल्म निर्माण गरेको बताएका छन् ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी,घिउ,भटमासहरु त्यहाँ बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्याबश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले तत्कालीन ऐतिहासिक ग्रामिण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर फिल्म निर्माण गरेको बताए ।

फिल्ममा ध्रुब कोइराला,मिनुज रानामगर,माया थामी,उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र बिनोद चौधरीले खिचेको फिल्ममा सुरेश सेन्चुरीको संगीत,एन के एम र तेजप्रसाद पाण्डेको शब्द,लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ ।

युनीक मुभीजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र बिनोद चौधरीले गरेका हुन् । ‘ए ढाक्रे दाई’ को बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।