राजनैतिक ऐंचो पैचोमा ऐंचो पैचो ट्रेलर

काठमाडौं । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए ।

नेपालमा यस्तो विषयवस्तुमा अझै धेरै फिल्म निर्माण हुन जरुरी भएको भन्दै फिल्म निर्माण अगाडि फिल्मको कथामा आफूलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा फिल्ममा आउन सक्ने बताए । उनले भदौं १४ गते आफु परिवारसहित हलमा गएर फिल्म हेर्न पनि घोषणा गरे ।

फिल्मको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सबै कलाकारलाई स्थान दिएको छ । कृषा चौलागाई निर्देशित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।