मेलिना र चुडामणिको मुखले ठिक्क बनाउने

काठमाडौं । गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो हालै सार्वजनिक भएको हो ।

सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको पहिलो स्क्रिन शेयर हो ।

अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोमा तारावीर पाण्डेको निर्देशन छ । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकास धमलाको सम्पादन रहेको छ ।

उदयपुर त्रियुगा नगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता गीत ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए । हाल उनी वैदेशिक रोजगारीका क्रममा कतारमा छन् ।