रामको मलाई छेक्यो तिम्रै मायाले

काठमाडौं । गायक राम सिंहको स्वरमा रहेको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ नेपमेलो युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् । म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएका छन् ।

गायक राम सिंह नेपालका बाँसुरी बाधक हुन् । ९० को दशकतिर गायक उनले थुप्रै गीतहरूमा आफ्नो बाँसुरीको धुन गुञ्जाएका छन् ।
सिंहले अस्मिता अधिकारीसँग गाएको ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग गाएको ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछन् ।