विन्दु र समीरको चट्ट राम्रो

काठमाडौं । गायक समीर आचार्य र गायिका विन्दु पौडेलको स्वरमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ ।अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेल र आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

सार्वजनिक चट्ट राम्रो गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ ।

यस गीतको भिडियोमा चक्र बम र कुसुम शर्मा फिचर्ड छन् । यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।