नेपाली र मैथिली जोड्ने आरतीको प्रिमियर

काठमाडौँ । क्राइम थ्रिलरमा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको काठमाडौंको अर्किड इन्टरनेसनल कलेजमा प्रिमियर गरिएको छ । संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा प्रिमियरको आयोजना प्रिमियरमा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग गरिएको थियो ।

ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिनेम्याटोग्राफर निरज कँडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, कलाकार नवीन श्रेष्ठ, पूर्व प्रहरी नायब उपरिक्षक चन्द्रनारायण यादव, नेत्र ज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुको निर्देशक रूपेश घिमिरे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल र संसार अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

रोशन दासको कथा र निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन्। सिनेम्याटोग्राफी नितेश घतान, इडिट कवीर ओड र कलर कमलीले गरेका हुन् । निर्माता आशिश दास, सह–निर्माता रिता देवी र क्रियटिभ निर्माता राकेश साह रहेका छन्। सिरिजमा सह निर्देशक खेमराज कोईराला, प्रोडक्सन एच पी कडेल रहेका छन् ।

पूर्व मन्त्री साहले भने, ‘नेपाली–मैथिली सिनेमाको इतिहासमा युवाहरूको प्रयास आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको र यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्दछ। सत्ताको दुरूपयोग गर्नेहरू र ढिला गतिमा हिडने न्यायलयलाई सजग गर्दछ।’

नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार र महिला हिंसामा आधारित सिरिज ६ भाग रहेको छ । वेब सिरिज नेट टिभीमा पुस १६ देखि प्रसारण हुने भएको छ ।