लाउरे एण्ड दाउरेमा विजय अनुबन्धित

काठमाडौं । अभिनेता विल्सनविक्रम राईको निर्देशकीय डेब्यू रहने फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।

निर्माण टिमले बुधबार विजयसँग सम्झौता गरेको छ । सम्झौतासँगै फिल्ममा विजयको लुक्ससहितको तस्वीर सार्वजनिक गरेको छ ।

विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । तर उनको भूमिकाबारे विल्सनले केही खुलाएनन् ।
फिल्मको मुख्य भूमिकामा यसअघि नै दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयंले गरेका छन् ।

सरिना लामा निर्माता रहेको फिल्ममा अनमोल गुरुङका संगीत रहनेछ ।