निताले ल्याइन् झिमझिम परेली

काठमाडौं । गायिका निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् ।

गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच गायिका ज्ञानु राणा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटीका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, अभिनेत्री शर्मिला मल्ल, देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्यले गीत सार्वजनिक गरे ।

डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।

केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।