भागिरथको गुलेलीले जुरेलीलाई हानम कि

काठमाडौं । गायक भागिरथ चलाउनेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । बर्ष २०८१ को तीज पर्वलाई लक्षित गर्दै गुलेलीले जुरेलीलाई हानम कि म नाई बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भागिरथसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ भने शब्द र संगीत भागिरथ आफैको रहेको छ ।

गीतमा संगीत संयोजनको काम बिनोद बाजुरालीले गरेका छन् । गीतको भिडिओमा गायक भागिरथ आफैले नृत्य गरेका छन् भने उनीसँगै अनिशा ओलीले अभिनय गरेकी छिन् । भिडिओमा गायक भागिरथसँगै अनिशा ओलीले नृत्य गरेकी छिन् । सुनिल बिकले निर्देशन गरेको भिडिओ बुद्ध थापाले खिचेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

भागिरथलाई अत्यधि चिनाएको गीत थोपडाले धोका दियो बरिलै हो । जुन ३ बर्ष अगाडी सार्वजनिक तीज गीत हो । यो गीत तीजको समयमा अत्यधिक घन्किने गीत हो ।

युट्युवमा अहिलेसम्म यो गीतलाई ८४ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै उनको अर्को हिट तीज गीत झम झम झम्काना लाउकी न लाउँ म लाई पनि दर्शक तथा स्रोताले निकै मन पराएका छन् ।

दुई बर्ष अघिको उक्त गीतलाई युट्युवमा २८ लाख भन्दा बढीपटक हेरिएको छ । यस्तै अर्को निकै हिट गीत कस्लाई सोध्ने होला ११ बर्ष अघि सार्वजनिक भएको गीत हो । जसमा भागिरथ चलाउने र बिष्णु माझीको स्वर छ । यो गीत सार्वजनिक भएपछि भागिरथले निकै माया पाएका थिए । यो गीतलाई पनि १ करोड २८ लाख भन्दा बढी पटक हेरिएको छ ।