मेरो बामा पिताको महत्व

काठमाडौं । कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने सर्ट फिल्म ‘मेरो बा’ सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो सर्ट फिल्म म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दीपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा तथा बाल कलाकारद्वय रियांशी थापा र सन्तोष बटालाको अभिनय छ ।

संकल्प भुजेलको छायाङ्कन रहेको फिल्ममा बालकृष्ण श्रेष्ठ र विक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन छ ।

तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई फिल्ममा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबुआमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा फिल्म तयार गरिएको निर्देशक थापाले बताए ।

चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो फिल्मकी निर्मात्री दीपा मल्ल थापा हुन् ।