दीपेन्द्रले ल्याए पर्खाइ

काठमाडौँ। गायक तथा मोडल दीपेन्द्र सोनामको स्वर रहेको गीत ‘पर्खाई ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपेन्द्रकै शब्द र संगीत छ ।

भिडियोमा रिस्ता बस्नेत, सोनाम र नरेश लामिछानेको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन, कलर र पोस्टर डिजाइन छ । लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन र लक्ष्मी बर्देवाको कथामा भिडियो तयार पारिएको हो ।

भिडियो भवसागर इन्टरटेन्मेण्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सिन्धुपाल्चोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । १० गीतमा स्वर दिइसकेका उनले चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।