हामी छौं ट्रेलरमा वास्तविक कथा

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् ।

७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । शोभितका अनुसार यो डकुड्रामा असोज १२ गतेबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ ।

डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।