बेहुली फ्रम मेघौलीको अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्रि भएको छ । त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो ।

फिल्म दशैंको घटस्थापनाबाट नै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । फिल्म एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।