राजेशपायल र मेलिनाको दसैं रमाइलो

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक ‘दसैँ रमाइलो’ सार्वजनिक भएको छ ।

गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको स्वर, दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज छ ।

गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज वलीले फिचरिङ गरेका छन् । दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् ।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।