अबिनाशको ठूली कान्छी

काठमाडौं । गीतकार अबिनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ । ‘ठूली कान्छी’ गीतमा अबिनाश थापा स्वयम्को स्वर रहेको छ भने महिला आवाजमा करिश्मा राना मगरको स्वरमा साथ दिएकी छन् । ‘ठूली कान्छी’ गीतमा तेजेन्द्र दूराको संगीत संयोजन रहेको छ भने कृष्ण लामिछानेमा ध्वनि सम्पादन रहेको छ ।

‘ठूली कान्छी’ गीतको म्यूजिक भिडियोलाई मनाङ गुरुङको कोरियोग्राफी एवं निर्देशन रहेको छ । भिडियोमा हेमा डी. मगर, रमेश मगर, राजन मगरले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोको छायाँकन विजय लामाले गरेको हुन् भने विष्णुहरि तिमिल्सिनाले भिडियो सम्पादन गरेका छन् ।

गोरखामा जन्मिएर गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका अबिनाश थापा मगरले दर्जनभन्दा गीतमा शब्द र संगीत सिर्जना गर्नुका साथै स्वरसमेत दिँदै आएका छन् । उनको सर्वाधिक रुचाइएको र लोकप्रियता हासिल गरेको ‘हे ठूली’ हो । उनको सिर्जनामा रहेको यो गीतको नृत्य प्रतियोगितासमेत गरिएको थियो । त्यस्तै उनका गोरखा डाँडा शितलु, आधा मुटु, खैंचडीको तालैमा, छोटे लुदी सुसारे गाउँ, समर्पण, तिम्रो जवानी, मायाको झल्को लगायतका दर्जनौं गीतहरु रहेका छन् ।

‘ठूली कान्छी’ गीतलाई गायक अबिनाश थापा मगरले आफ्नै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।