हेरिटेज प्याजेन्ट्समा नेपाली बालबालिकाले फहराए नेपालको झण्डा

काठमाडौंँ । थाइल्याण्डमा आयोजित ‘हेरिटेज प्याजेन्ट्स २०२४’मा नेपाली बालबालिकाले सफलता प्राप्त गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट सहभागी बालबालिका मध्य प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि जित्दा क्यारिन दोङले ‘हेरिटेज जेम्स वल्र्ड’को ताज पहिरिन सफल भइन् ।

प्रतियोगीतामा निशान उलक ‘हेरिटेज जेम्स अर्थ फस्ट रनर अप’ र नभ्नी उलक ‘हेरिटेज जेम्स एशिया फस्ट रनर अप’को रुपमा चयन भए । थाईल्याण्डको राजधानी बंैकक शहर आयोजित प्रतियोगीतामा बालबालिकालाई इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फ प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकारले नेतृत्व गरेका थिए ।

सहभागी ४ जानै बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न ‘नेसनल किड्स अफ द इयर २०२४’का विभिन्न उपाधि विजेता हुन् ।

सहभागि बालबालिकामध्ये क्यारिन दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् । हेरिटेज प्याजेन्टस्मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेको हो ।

ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागीको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको हो ।