काठमाडौँ । माया इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘ककाकिकी’को टिजर सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागि केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् ।
उनीहरु कुलेबारी नामको गाउँमा छन्, उक्त गाउँका लागी केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीन मिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्ः ‘गाउँको लागि यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है’ । यस्तै अभिनेत्री गौरीले ‘एउटा सालिक त बनउलान् नि हरामीहरुले ।’ भनेको देखिन्छ । तर अर्की अभिनेत्री तृप्तिले भने ‘सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक’ भन्दै जवाफ फर्काउँछिन् ।
आगामी भदौ १९ मा प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएको छ । फिल्मका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले आफूहरुले मिहिनत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरु सन्तुष्ट रहने बताउँछन् ।
फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको अभिनय छ ।
फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना (बिटी कान्छा) ले गरेका छन् । सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् ।
फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।




