१२ गाउँ २ को डबिङमा उत्साहित समीर

काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले आफ्नो भागको डबिङ गरेका छन् । निर्देशक बिराज भट्टले समिरसहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् ।

दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने फिल्म २०८१ सालको हिट फिल्म ‘१२ गाउँ’को सिक्वेल हो । पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित फिल्म बनिरहेको छ ।

डबिङका साथै पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा निर्देशक बिराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायाँकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।