अमेरिकाका सहरमा कन्दराको रिदम अफ चेन्ज

काठमाडौं । लोकप्रिय ब्यान्ड कन्दराले अमेरिकाका विभिन्न सहरमा साांगीतिक यात्रा गने भएको छ। ब्यान्डले सन् २०२६ मा अमेरिकाका बोस्टन, डलास, एटलान्टा, कोलोराडो, सन फ्रान्सिस्को, सिकागोलगायतका सहरमा ‘रिदम अफ चेन्ज’ शीर्षकमा यात्रा गर्न लागेको हो । ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म झन्डै दुई महिना लामो साांगीतिक यात्राको सुरुवात बोस्टनबाट हुनेछ ।

ब्यान्डद्वारा जारी विज्ञप्ती अनुसार प्रवासमा रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्दै नेपाली कला–संस्कृतिको संरक्षणबारे संवाद अघि बढाउनु यो सांगीतिक यात्राको उद्देश्य रहेको छ। ब्यान्डले बोस्टनपछि डल्लास, न्यूयोर्क हुँदै अन्य सहरहरुमा प्रस्तुती दिनेछ ।

कन्दराका संस्थापक तथा गायक विवेक श्रेष्ठले संगीतले मान्छे र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्ने भएकाले कन्दराले रिदम अफ चेन्ज थिमलाई आफ्नो अभियान बनाएको बताए ।

कन्दराको साांगीतिक प्रस्तुतिमा कला र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्दै व्याण्डको सम्पूर्ण व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय तथा रणनीतिक नेतृत्वको जिम्मेवारी विशिष्ट इन्टरनेसनलकी प्रमुख कार्यकारी अधिकृत तथा कन्दरा व्याण्डकी निर्देशक डा. प्रसिदा खनालले निर्वाह गर्दै आएकी छन् ।

सन् १९९२ मा पोखरामा स्थापना भएको कन्दरा ब्याण्डलाई नेपाली लोकभाका, मौलिकता र अर्थपूर्ण संगीतको पर्याय मानिन्छ । कन्दराका लेककी हे माया, हङकङ पोखरा, तिमी पारी, तगारोमा रुमाल राखी, विदेशएर गइन उनीलगायतका दर्जनौं गीत लोकप्रिय छन् ।