काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ। निर्माता सरोज न्यौपानेले उक्त फिल्मको लागि प्रमुख अभिनेताका रूपमा अभिनेता अरुण क्षेत्रीलाई अनुबन्ध गरेका छन्। दुई पक्षबीच हालै सम्झौता भएको हो ।
हलमा प्रदर्शनमा रहेको ब्लकबस्टर फिल्म ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’मा शीर्ष भूमिका निर्वाह गर्नेछन्। यो फिल्म निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन्।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो। फिल्मले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्नेछ। फिल्म केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको जनाउँदै निर्माता न्यौपानेले अब निर्माणका लागि उपयुक्त समय आएको बताए।
अनन्या फिल्मस् प्रालिको ब्यानरमा ‘लोकल हिरो’सँगै ‘जेरीः द लास्ट क्लाइम्ब’ र ‘टिका’ गरी तीन फिल्म निर्माणको पाइपलाइनमा रहेका छन्।





