बखते बन्दै विपिन कार्की

काठमाडौं । आशिष तामाङ र प्रदीपजी धामीले फिल्म ‘बखते’को निर्माण घोषणा गरेका छन् । आन्भी फिल्म्सको प्रस्तुति र कबड्डी फिल्म्सको सहयकार्य रहने फिल्मको शुक्रबार ललितपुरमा अवस्थित महालक्ष्मी मन्दिर परिसरमा मुहूर्त गरिएको छ ।

फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा विपिन कार्की, मिरुना मगर, शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ ।

आशिष एच तामाङ र प्रदीपजी धामी निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता युवराज काफ्ले छन् । सह–निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन् । हेड अफ प्रोडक्सनमा दिलीप पन्त छन् । प्रोडक्सन म्यानेजरमा रबिन बखरेल रहेका छन् ।

फिल्ममा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत, युवराज काफ्ले र दानबहादुर कार्कीको गीत रहनेछ । मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको वितरण काठमाडौंमा एप्पल इन्टरटेनमेन्टले गर्नेछ भने काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ ।