काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार सार्वजनिक गरेको पोष्टरमा फिल्म असोज ३१ गते फूलपातीको दिनबाट रिलिज हुने उल्लेख छ ।
पोस्टरमा अभिनेता दिपकराज गिरि, अभिनेत्रीहरु केकी अधिकारी र सनिशा भट्टराईलाई देखाइएको छ । पोष्टरमा बीचमा दिपक बाँसुरी बजाउदै गर्भवती लुक्समा देखिएका केकी र सनिशासंग रहेका छन् ।
रोहित अधिकारीको निर्माण र दिपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्मको पहिलो भाग सुपरहिट रहेको थियो। उक्त फिल्मले पानीको समस्यालाई गहन रुपमा प्रस्तुत गरेको थियो ।








