काठमाडौं । भोलि शुक्रबारबाट प्रर्दशनमा आउने फिल्म चंगुलको प्रिमियर शो बुधबार काठमाडौंको लोत्से मलको आइएनआइ सिनेमाजमा गरिएको छ । प्रिमियरमा फिल्मका कलाकार , फिल्मकर्मीसँगै घाइते जेन्जी नेपाल सस्थाका घाइते जेन्जीहरुको पनि उपस्थिती रहेको थियो । प्रिमियरमा फिल्मको टिमले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईलगायतका घाइते जेन्जीहरुलाइ सम्मान गरेको थियो ।
प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु मनपराएका थिए । फिल्मले समसामयीक राजनीति र त्यसको प्रभावलाई देखाउन खोजेको अधिकांशले प्रतिक्रिया दिएका थिए । घाइते जेन्जीहरुले फिल्मले आफूहरुलाई एक बर्ष अगाडिको दिन सम्झाएको बताए ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । फिल्ममा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
फिल्मका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ । फिल्मको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ ।






