काठमाडौं । फिल्म ‘बाकस’ को मुहुर्त गरिएको छ । ललितपुरस्थित बंगलामुखी मन्दिरमा मंगलबार मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा, ध्रुव कोईराला, पुष्कर राउत, विक्रम बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
फिल्ममा हिउबाला गौतम, ध्रुव गौतम, रोहित श्रेष्ठ, विमल यादव तथा बाल कलाकार सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्का लगायतको अभिनय रहने छ । मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिश चौलागाईं सह निर्देशक रहेको फिल्ममा द्वन्द किरण दहाल र श्रृंगार उर्मिला लामाको रहने छ ।
फिल्मको संगीत दिपक शर्मा र सनम पुरुष राईले हेर्ने छन् भने एक्ज्युकेटिभ प्रोड्युसर धिरेन्द्र पन्त छन् । सुजिता चौलागाई निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सिनेम्याटोग्राफीमा महेश पौडेलको रहने छ ।
आईडलले पोस्टर डिजाईन गर्ने फिल्ममा प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने, कस्ट्युम डिजाईनर ज्योती केसी र निराजन घिमिरे, कोरियोग्राफी सियोन श्रेष्ठको रहने छ ।
नबिन पन्तको निर्देशनमा बन्ने फिल्म पिके इन्टरटेन्मेन्ट प्रा।लिको व्यानरमा निर्माण हुँदै छ । फिल्मको कथा पनि पन्त आफैले लेखेका हुन् । दशै लगत्तै फिल्म सुटिङमा जाने छ ।







