काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन तीन हप्तामा सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको थियो ।
फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । उनीहरु बाहेक लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय छ । पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस फिल्मका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् ।
फिल्मको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । फिल्मको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् ।
करण श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छायाकार कृष्ण बहादुर थापा हुन् । निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।







