काठमाडौं । आगामी कात्तिक २६ गतेबाट रिलिज हुने फिल्म ‘बाटुलो जून’को प्रेम र संवेदनाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मका प्रमुख कलाकार अनमोल केसी र प्रिन्सी खतिवडाको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर पनि अनमोल र प्रिन्सी वरपर घुमेको छ । ट्रेलरमा काजी पात्रको भूमिकामा रहेका अनमोल पेशाले शिक्षक देखाइएको छ । उनी आफ्नै विद्यार्थी प्रिन्सीसँग प्रेममा रहेको देखाइएको छ । यही बीचमा उनीहरुको प्रेमलाई लिएर परिवारमा खटपटलाई पनि ट्रेलरमा झलक देखाइएको छ ।
ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि छन् । अनमोल र प्रिन्सीले युवा भुवन र गरिमाको भूमिका निभाएका छन् । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जीया केसी र भविष्य खड्का निर्मातामा छन् ।







