विमलालाई सलोन भन्दैछन् जाला जोबन

काठमाडौँ । सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको डान्सिङ नम्बरको गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ । सान्भी इन्टरटेन्मेन्टको पहिलो म्युजिक भिडियो भएकोले मायाको अपेक्षा करिश्मा केसीले गरेकी छन् भने शोभित बस्नेतले फिल्म र म्युजिक भिडियो सङै सिरिज र पोडकास्ट समेत ल्याउने योजना रहेको खुलाएका छन् ।

शोभित निर्देशित गीतको भिडियोमा सलोन र विमला खत्रीको अभिनय देख्न सकिन्छ । सिडी विजय अधिकारी र शान्ति श्री परियारको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रहेको छ । गीतको रेकर्डिङ डिभाइन स्टुडियोमा सम्पन्न गरिएको हो ।

मौसम हिमालीको कोरियोग्राफीमा तयार पारिएको भिडियोमा सौरभ लामाको छायांकन छ । ओएसआर डिजिटलमा सार्वजनिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन् ।