आज–०७ मंसिर २०८३ सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेहनत गर्दा समयअनुसार लक्ष्य प्राप्ति हुनेछ। व्यापार व्यवसायमा अति आत्मविश्वासमा आएर गलत निर्णय हुन सक्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। भौतिक संसाधनहरू संग्रह हुनेछन्। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकाग्रताको साथ मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर वा कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो रहनेछ। साझेदारी व्यापारमा आपसी मतभेद हुने सम्भावना रहेको छ। सोशल मिडियाको खबरलाई धेरै चासो नदिनुहोला। स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतमा गरिएको निर्णयले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग खैर‍ो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी क्षेत्रमा पदोन्नतिका योग छन्। व्यावहारिक जीवन आनन्दमय रहनेछ। विद्यार्थीहरूलाई कानुनी शिक्षामा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्यता वा साहसले नयाँ कार्यहरू बन्नेछन् । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुरानो कुरालाई लिएर मनमुटाव रहनेछ। श्रमको उपयुक्त मूल्यांकन मिल्नेछ। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। सरकारी नोकरीमा पदको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईंको कार्यको चर्चा हुनेछ। धार्मिक कार्यक्रममा मन लाग्नेछ। आयआर्जन राम्रो रहनेछ। व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरपरिवारमा आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।