एक्का ३ को मुहुर्त, मंसिर २५ बाट छायांकन

काठमाडौ । नेपाली फिल्म ‘एक्का–३’ को ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार मुहूर्त गरिएको छ। जुना फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा रुपेश तामाङको निर्देशन रहनेछ। फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा देखिने छन्।

त्यस्तै, यसै फिल्मबाट आयशा तामाङले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् । मुहर्तमा कलाकारहरू पुजा र कवितामात्र उपस्थित थिए । निर्देशक तामाङका अनुसार फिल्मको छायांकन मंसिर २५ गतेबाट सुरू हुनेछ ।

रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ फिल्मका निर्माता हुन् भने राजु श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ, कविता नेपाली र आयशा तामाङसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने लेखन सुमन गजमेरको रहेको छ। त्यस्तै, फिल्ममा अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत रहनेछ। सम्पादन तथा ट्रेलरको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन्। एक्सन निर्देशन राजु किरतले गर्नेछन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी रबिन बानियाँले सम्हाल्नेछन्।