नेपाली मनमा जोडिए कृष्ण, शक्ति र सुमित

काठमाडौं । गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ सार्वजनिक भएको छ । गीतकार प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, गीतकार किरण खरेल, कवि तथा गीतकार दिनेश अधिकारी, गजलकार डा.भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपालीले एल्बम सार्वजनिक गरे ।

गीतकार क्षेत्रीले देशप्रेम बोलीमा मात्र होइन मनभित्रैबाट व्यवहारमा लागू गर्नुपर्छ भन्दै आफ्नो पछिल्लो कृति ‘नेपाली मन’ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्न सफल हुने बताए । गायक खड्काले सबैभन्दा धेरै राष्ट्रिय भावका गीतमा स्वर भर्न पाउनु आफ्ना लागि सुखद रहेको बताए ।

उनले ‘सबैभन्दा प्यारो’, ‘नेपाली मन’, ‘गाउँछिन् गीत’ र ‘जन्मे हुर्कें’ जस्ता गीत गाएका थिए । स्पार्क इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको उक्त एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । कार्यक्रममा अतिथिहरुले एल्बमको सफलताको कामना गरेका थिए ।