काठमाडौं । लामो समयसम्म ज्योतिष विधामा संलग्न युवा ज्योतिष हरिहर अधिकारी अब फिल्मका नायक बन्ने भएका छन् । निर्माता प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेको फिल्म ‘शुभ लभ’मार्फत हरिहरले नायकको रुपमा ‘डेब्यु’ गरेका हुन् । उनकै लेखन रहेको फिल्मको शुक्रबार राजधानीमा घोषणा गरियो ।
फिल्ममा उनीसँग ‘मिस टिन २०१७’ की विजेता कृष्टिन पौडेल र डा. सुर्य थापाको रोमान्स हुनेछ । इलाम, काठमाडौं, पोखरालगायतका ठाउँमा खिचिने फिल्म भाद्र १५ गतेबाट फ्लोरमा जाँदैछ । निर्माता उदयका अनुसार फिल्म चैत्र १५ मा रिलिज हुनेछ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष बाबु लोहनीले निर्देशन गर्ने फिल्मले दर्शकलाई हँसाउने निर्देशक लोहनीले बताए । फिल्ममा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतको अभिनय हुनेछ । फिल्ममा प्रस्तुतकर्ता प्रदिप अतिथी भूमिकामा देखिनेछन् ।
फिल्ममा रामेश्वर कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन भट्टराईको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र अभिमन्य निरवीको पटकथा तथा संवाद रहनेछ ।
तस्बिरः मेरो फिल्म