दीपशिखाको गीतमा खुशी केकी–जीवन

काठमाडौं । भारतको उडिसामा निर्माण हुने फिल्मको पाश्र्व गायनमा चर्चित भए पनि गायिका दीपशिखा पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत–संगीतमै सक्रिय छिन् । दर्जन हाराहारीमा नेपाली गीत गाइसकेकी उनले ‘खुशी हुँदा’ गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएकी छन् ।

विशाल भण्डारीद्वारा निर्देशित भिडियोमा केकी अधिकारी तथा जीवन भट्टराईको अभिनय छ । संगीतकार हरि लम्सालद्वारा संगीतबद्ध गीतमा विद्या अनामिका तिवारीको शब्द छ ।

अर्जुन अधिकारी तथा उनको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । हाइलाइट्नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।