कैलाश खेरलाई यौन शोषणको आरोप

मुम्बई(एजेन्सी) । भारतीय गायक कैलाश खेरलाई एक फोटो पत्रकारले यौन शोषणको आरोप लगाएकी छन् । ती फोटोपत्रकारले ट्वीटरमार्फत आफूलाई गायक खेरले यौन शोषण गरेको दाबी गरेका हुन् । ती फोटोपत्रकारले १५ ट्वीट गर्दै कैलाशसँगै मोडल तथा कलाकार जुल्पी सइदमाथि पनि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।

‘कुनै एक कथाको सिलसिलामा म आफ्नो साथका साथ कैलाशको घर गएका थियौं । त्यो कथाका लागि हामीले कैलाशसँग फोटो खिच्नुपर्ने थियो,’उनले ट्वीटेकी छन्,‘हामी दुई बीचको ठाउँमा कैलाश आएर बसे अनि उनले मेरा खुट्टामाथि हात राखेर मेरो थाइमाथि हात राखे,’उनले ट्वीटेकी छन् ।