काठमाडौं । आगामी मंसीर १४ मा रिलिज हुने फिल्म ‘रणवीर’को एक्सनयुक्त मोसन पोष्टर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि एक गीत मात्र बाँकी रहेर अन्य पोष्टप्रोडक्सनको काम भइरहँदा निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका प्रमुख कलाकारद्वय सुशील सिटौला र प्रशान्त ताम्राकारको एक्सन अवतारलाई देख्न सकिन्छ । फिल्ममा हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्टलगायतको अभिनय छ । फिल्ममार्फत शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन ।
फिल्मका निर्देशक गोविन्दसिंह भण्डारीले फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई प्रस्तुत गर्ने बताए । फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको लगानी छ । महेश पौडेलको छायाँकन रहेकोमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।