मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान हालका दिनमा नयाँ फिल्म ‘भारत’मा व्यस्त छन् । उनका फ्यानका लागि पनि यो मल्टीस्टार फिल्म व्यग्र प्रतिक्षाको विषय बनेको छ । फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई सफल बनाउन सलमान कडा मेहनत गरिरहेका छन् । यो फिल्ममा नायिका कटरिना कैफको लुक्स यसअघि नै सार्वजनिक भइसकेको छ । यही मेसोमा यतिबेला सलमानको पनि दुई लुक्स सार्वजनिक भएको छ ।
‘भारत’मा देखिएको उनको लुक यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल भएको तस्बिरमा सलमानलाई दुई अलग–अलग लुक्समा देखिएका छन् । जहाँ एक तस्बिरमा सलमान हाफ स्लीव्ड ज्याकेटमा आफ्नो बाइसेप्स प्लान्ट गरिरहेका छन् । त्यस्तै अर्को तस्बिरमा सलमान हाफ सर्टमा ७० को दशकको लुक्समा देखिएका छन् । सलमानको यो दुई लुक्स देखेर उनका फ्यान पनि निकै उत्साहित छन् ।
समाचार अनुसार यो फिल्म तीन घण्टा भन्दा लामो छ । आगामी वर्षको इदको बेला रिलिज हुने फिल्ममा कटरीना कैफ, दिशा पाटनी, ज्याकी श्राफ, तब्बू र सुनील ग्रोवरको अभिनय छ ।