बुनुलाई केको दामी दामी दामी

काठमाडौं । करिब तीन दर्जन आधुनिक, लोक दोहारी, राष्ट्रिय भावको तथा पप गीत गायिसकेकी गायिका बुनु उप्रेती शर्माले आफ्नो नयाँ गीत ‘दामी दामी दामी…’ श्रोता दर्शकमाझ ल्याएकी छिन् । बिहिबार बेलुका बुनुले यो गीतको भिडियो युट्युवबाट सार्वजनिक गरेकी हुन् ।

बिलक्षण क्रियसनले निर्माण गरेको उनको गीतको भिडियोमा बुनु र यसका संगीतकार बाबुल गिरीको अभिनय रहेको छ । यो भिडियोका छायाँकन राजु केसीले गरेका हुन् । जसमा प्रदीप कँडेलको सम्पादन छ । भिडियोमा संगीतकार बाबुल र्यापरको रुपमा प्रस्तुत भएका छन् ।

निकै रोमाञ्चकारी यो गीतमा गालामा डिम्पल परेकी युवतीलाई पिम्पल आउँदा युवाहरुले आँखा लागाएर हैरान पर्ने गरेको प्रसँग उल्लेख छ । गीतमा बैंशको चर्चा गरिएको छ । बाबुल गिरीको संगीत र र्याप रहेको यो गीतको रचना दिनेश सुवेदीले गरेका हुन् ।